शिक्षा विधेयकमा छलफल गर्न विद्यार्थी संगठनलाई आमन्त्रण
समितिले विभिन्न विद्यार्थी संघ, संगठनहरुका अधिकारीहरुलाई बोलाएको हो। आइतबार बिहान साढे ११ बजेका लागि विद्यार्थी संगठनलाई आमन्त्रण गरिएको छ।
काठमाडौं, पुस २७ : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबारका लागि विद्यार्थी संगठनलाई बोलाएको छ।
समितिले विभिन्न विद्यार्थी संघ, संगठनहरुका अधिकारीहरुलाई बोलाएको हो। आइतबार बिहान साढे ११ बजेका लागि विद्यार्थी संगठनलाई आमन्त्रण गरिएको छ।
प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि बिहीबार अभिभावक संघका अधिकारीहरुसँग छलफल भएको थियो। यसअघि शिक्षक, कर्मचारी, संचालक लगायतका सरोकारवालाहरुसँग छलफल सम्पन्न भएको छ।
विद्यार्थी संगठन लगायत सरोकारवालाहरुँगको छलफल सकेर विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ। विधेयकमाथि हालसम्म १६५ वटा संशोधन प्रस्ताव परेको छ। २७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा उक्त विधेयक दर्ता गरेका थिए।












