Kathmandu Press

नेपाल मेडिकल कलेजका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

कलेजमा अध्ययनर एमबीबीएस २५, २६ ब्याजका विद्यार्थीहरुले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।
नेपाल मेडिकल कलेजका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

काठमाडौं, पुस २७ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले शुक्रबार कलेज परिसरमा धर्ना र प्रदर्शन गरेका छन्।

कलेजमा अध्ययनर एमबीबीएस २५, २६ ब्याजका विद्यार्थीहरुले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागु गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेको स्थानीय सामाजिक अगुवा राजु सुनारले जानकारी दिए।

‘विद्यार्थीहरुको माग भनेको मेसमा अखाद्य पदार्थ प्रयोग भएको, क्यान्टिनले उपलब्ध गराएको खाना बासी र गुणस्तरहिन भएको भन्ने छ,’ सुनारले भने। उनीहरुले गुणस्तरहिन खाना खुवाउने क्यान्टिन र मेस बन्द गर्न माग गरेका हुन्।
 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्