ट्याक्टरको ठक्करले बालकको मृत्यु
स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले ठक्कर दिएका उनको घटनास्थलमै मृत्यु भएको हो।
मोरङ, पुस २७ : ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार साँझ एक बालकको मृत्यु भएको छ।
स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले ठक्कर दिएका उनको घटनास्थलमै मृत्यु भएको हो।
उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












