युवा तथा खेलकूदमन्त्री लिम्बुलाई पत्नी वियोग
उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।काठमाडौं, पुस २७ : युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा परेका छन् । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा निधन भएको हो । उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।
लिम्बुका १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाएका थिए ।
प्रकाशित मिति: ०९:११ बजे, शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेशप्रमुख, मुख्यमन्त्री र पूर्वप्रधानन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामनाबिहीबार, माघ १७, २०८१
सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुखबिहीबार, माघ १७, २०८१
चाडपर्वले सामाजिक सद्भाव बढाएका छन्ः देउवाबिहीबार, माघ १७, २०८१
प्रधानमन्त्रीले दिए सोनाम ल्होसारको शुभकामनाबिहीबार, माघ १७, २०८१