Kathmandu Press

हायसको ठक्करले साइकल यात्रीको मृत्यु

हायसको ठक्करले साइकल यात्रीको मृत्यु

विराटनगर, पुस २६ : यात्रुवाहक सवारीसाधन हायसको ठक्करले उदयपुरको त्रियुगा नगरपालिका–८ मा एक साइकलयात्रीको मृत्यु भएको छ।

मदन भण्डारी राजमार्गमा पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट गइरहेको गरेको साइकललाई ठक्कर दिएको थियो।

Hardik ivf

प्रहरीका अनुसार ठक्करपछि सिकिस्त घाइते भएका साइकलयात्री उदयपुरकै रौतामाई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङरातीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय  किश्वर पाण्डेलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्