Kathmandu Press

नेप्से ०.६२ अंकले घट्यो

बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
नेप्से ०.६२ अंकले घट्यो

काठमाडौं, पुस २६ : सेयर बजार मापक नेप्से परिसूचक आज ०.६२ अंकले घटेको छ। ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो।

बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

आज ३०७ कम्पनीको कारोबार भएकामा १२१ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै,११७ कम्पनीको सेयर मूल्य घटेको छ। नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ। १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ। 

६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ। 
 

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्