Kathmandu Press

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। 
‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ
Hardik ivf

काठमाडौं, पुस २६ : क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका–७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका–११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन्।
 
विभिन्न खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्