Kathmandu Press

‘एक्टर’मा प्रदीपको जोडी आना

अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्ममा आनाको आगमनपछि उनले प्रदीपसँग रोमान्स गर्ने पक्कापक्की भएको छ।
‘एक्टर’मा प्रदीपको जोडी आना

काठमाडौं, पुस २५ :  फिल्म ‘एक्टर’मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन्।

अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्ममा आनाको आगमनपछि उनले प्रदीपसँग रोमान्स गर्ने पक्कापक्की भएको छ।
निर्माण पक्ष र आनाबीच हालैमात्र कागजी सम्झौता भएको छ। दर्शकले पहिलोपटक आना र प्रदीपको अनस्क्रिन रोमान्स फिल्ममा हेर्न पाउनेछन्।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारी निर्माता र एनिस भुसाल सह–निर्माता छन्। फिल्म अदृत फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो।

केही महिना भित्रमा नै छायांकनमा जाने यो फिल्म सन् २०२५ मा रिलिज हुनेछ। नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा रित बोहरा सहायक निर्देशक रहनेछन्।

‘पहिलोपटक प्रदीपसँग स्क्रिन शेयर गर्दैछु। एउटा राम्रो टिम पनि यसमा रहेकाले काम गर्न थप उत्साहित छु’, उनले भनिन्।
 

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, पुस २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्