नेसंवि प्राध्यापक संघको पदभार हस्तान्तरण
निर्वाचन समितिबाट वाल्मिकी क्याम्पसमा आयोजित एक समारोहमा प्राध्यापक शम्भुराज गौतमको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले प्राध्यापक डा.मुकुन्दप्रसाद लामिछानेको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरणसहित पदभार हस्तान्तरण गरिएको हो।
काठमाडौं, पुस २५ : नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको सातौँ राष्ट्रिय अधिवेशनद्वारा सर्वसम्मत निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा संघको महाधिवेशन प्रतिनिधिलाई पदभार हस्तान्तरण गरिएको छ।
निर्वाचन समितिबाट वाल्मिकी क्याम्पसमा आयोजित एक समारोहमा प्राध्यापक शम्भुराज गौतमको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले प्राध्यापक डा.मुकुन्दप्रसाद लामिछानेको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरणसहित पदभार हस्तान्तरण गरिएको हो।
संघको सभापतिमा प्रा.डा.लामिछाने, उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा.नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा र कोषाध्यक्षमा लोमशकुमार लामिछाने निर्वाचित भएका थिए। यस्तै संघको सदस्यहरूमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, डा.कैलाश झा र शेषनारायण मरासिनी छन्।
यस्तै, महाधिवेशन प्रतिनिधिमा प्रा.डा.कृष्णकान्त पराजुली, प्रा.डा.शान्तिकृष्ण अधिकारी, आनन्दमणि रिजाल, डा.विमला शर्मा, किशोरचन्द्र गौतम, डा.रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, सत्यराज सुवेदी, डा.महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने छन्। समारोहमा नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशप्रसाद जोशी तथा नेसंवि प्राध्यापक संघका संस्थापक सभापति प्रा.डा.ऋषिराम पोखरेललगायतको सहभागिता थियो।
समारोहमा नवनिर्वाचित समितिलाई शुभकामना दिँदै निवर्तमान सभापति प्राध्यापक गौतमले प्राध्यापकका हकहितका लागि दबाव सिर्जना गर्दै प्राज्ञिक उन्नयनमा कदम चाल्नु नयाँ कार्यसमितिको प्रमुख दायित्व रहेको बताए। नव निर्वाचित सभापति प्रा.डा.लामिछानेले आफुलाई दिएको विश्वास र जिम्मेवारी पुरा गर्न इमान्दारितापूर्वक लागिपर्ने बताए।
उनले आफूलाई विश्वास गरि नेतृत्वमा पुर्याउने विश्वविद्यालयका समस्त प्राध्यापक वर्ग, निर्वाचन समिति र सहयोगी सबैमा धन्यवाद एवम् आभार समेथ व्यक्त गरेका थिए। कार्यक्रममा संस्थापक सभापतिसहित पूर्वसभापतिहरू, प्राचार्य, पूर्वप्राचार्यहरू, विश्वविद्यालयका पूर्वपदाधिकारी, विभिन्न सङ्घसङ्गठनका संयोजकहरू, विविध विषयका विभागीय प्रमुख, विश्वविद्यालयका विभिन्न विद्यापीठबाट सहभागी प्रतिनिधि, प्राध्यापकलगायतको सहभागिता थियो। संघको सातौँ राष्ट्रिय अधिवेशन गत पुस ३ गते काठमाडौंमा सम्पन्न भएको थियो।












