४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
प्रहरीले बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा विश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फलाई पक्राउ गरेको हो।
काठमाडौं, पुस २४ : काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा विश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फलाई पक्राउ गरेको हो।
भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिल–बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट आइतबार पक्राउ गरेको हो।
उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।