जर्मनीका लेजेन्ड फुटबलर बेकनबरको निधन
बेकनबरले आफ्नो कप्तानीमा सन् १९७४ मा नेदरल्यान्ड्सलाई हराउँदै तत्कालीन पश्चिम जर्मनीलाई विश्व च्याम्पियन बनाएका थिए भने १९९० मा आफ्नो प्रशिक्षणमा अर्जेन्टिनालाई हराउँदै पश्चिम जर्मनीलाई उपाधि दिलाएका थिए।काठमाडाैं, पुस २४ : जर्मनीका लेजेन्ड फुटबलर फ्रान्स बेकनबरको निधन भएको छ। खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जितेका बेकनबरको आइतबार नै ७८ वर्षको उमेरमा निधन भए पनि खबर भने सोमबार साँझ मात्र बाहिर आएको थियो।
बेकनबरले आफ्नो कप्तानीमा सन् १९७४ मा नेदरल्यान्ड्सलाई हराउँदै तत्कालीन पश्चिम जर्मनीलाई विश्व च्याम्पियन बनाएका थिए भने १९९० मा आफ्नो प्रशिक्षणमा अर्जेन्टिनालाई हराउँदै पश्चिम जर्मनीलाई उपाधि दिलाएका थिए।
उनी खेलाडी र प्रशिक्षकका रुपमा उपाधि जित्ने तेस्रो व्यक्ति हुन्। उनीसँगै यो उपलब्धि ब्राजिलका मारियो जगालो र फ्रान्सका डिडियर डेसच्याम्पसले हात पारेका छन्। जगालोको शुक्रबारमात्र ९२ वर्षको उमेरमा निधन भएको छ।
बेकनबाउरले बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेलेको थिए। बायर्नमा १३ वर्ष बिताउँदा उनले ५८४ खेल खेल्दै ७५ गोल गरेका थिए। बायर्न छाडेपछि उनले अमेरिकामा पनि ४ वर्ष व्यवसायिक फुटबल खेलेका थिए। अमेरिकामा उनले न्युयोर्क कसमसबाट ब्राजिलियन लेजेन्ड पेलेसँगै खेलेका थिए।
जर्मनीको राष्ट्रिय टिमबाट बेकनबरले १०३ खेल्दै १४ गोल गरेका थिए। ‘काइजर’ नामले चिनिने उनी पहिला मिडफिल्डर थिए र पछि डिफेन्सिभ स्विपरको भूमिकामा खेले।