Kathmandu Press

शर्मा नेतृत्वको एनआरएनएमा २१ जना सल्लाहकार चयन

यस्तै, बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजकमा,विशाल पोखरेल, महिला सह सहसंयोजकमा मनिषा अर्याल उप्रेदी,अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय  संयोजकमा  सरिता भट्ट पाण्डेलाई चयन गरेको शर्माले जानकारी दिए । 
शर्मा नेतृत्वको एनआरएनएमा २१ जना सल्लाहकार चयन

काठमाडौं, पुस २४ : आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएन)ले २१ जनाको सल्लाहकार समिति चयन गरेको छ । शर्माको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो । 

सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य, नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,नरेन्द्र भाट कतार, आनन्द बिष्ट अमेरिका, बिमल सुवेदी कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके, शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा,डा बिनोद शाह अमेरिका, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी,रोशन केसी जापान,सुवास जोशी बेल्जियम,मना थापा अफ्रिका,प्रेम गुरुङ बेल्जियम,चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् । 

Hardik ivf

यस्तै, बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजकमा,विशाल पोखरेल, महिला सहसहसंयोजकमा मनिषा अर्याल उप्रेदी,अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय  संयोजकमा  सरिता भट्ट पाण्डेलाई चयन गरेको शर्माले जानकारी दिए । 

यस्तै बैठकले विधान व्याख्या समितिमा ओमानका  डिबी क्षेत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट,न्यायिक समितिमा अफ्रिकाका हिम्मत थापालाई चयन गरेको छ । शर्माले अर्केो बैठकले आइसीसी सदस्यका साथै विज्ञ सहितको उच्च स्तरिय समिति गठन गर्ने जानकारी दिए । आईसीसी सदस्यलगायतको मनोनयन अर्को बैठकले गर्ने जानकारी दिए । 
 

प्रकाशित मिति: ०८:२७ बजे, मंगलबार, पुस २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्