Kathmandu Press

क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना

सर्ट लिस्टमा रहेका ७ जनाबाट क्यानले ढुंगानालाई छनोट गरेको हो।
क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना

काठमाडौं, पुस ११ : उत्सव ढुंगाना नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक नियुक्त भएका छन्।

क्यानले खुला प्रतिस्पर्धाबाट ढुंगालनालाई महाप्रबन्धकमा नियुक्त गरेको हो।

महाप्रबन्धक छनोट समितिले सर्ट लिस्टमा रहेका ७ जनाबाट क्यानले ढुंगानालाई छनोट गरेको हो।

समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए।

वृतान्त खनालले राजीनामा दिएपछि यो पद खाली थियो।

क्यानमा नयाँ कार्यसमिति आएपछि पुनः उक्त पदका लागि विज्ञापन आह्वान गरिएको थियो। दुई पटकगरी कुल ६८ जनाले आवेदन दिएको क्यालने जनाएको छ।

प्रकाशित मिति: २०:१२ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्