Kathmandu Press

सहकारीको समस्या समाधानमा व्यवस्थित प्रस्ताव माग

सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा उनले सहकारीका लाखौं निक्षेपकर्ताहरू ठगीका कारण प्रताडित भएकोमा उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन भनेका हुन्।
सहकारीको समस्या समाधानमा व्यवस्थित प्रस्ताव माग

काठमाडौं, पुस २२ : प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीपीडितको समस्याको व्यवस्थित समाधान गर्ने प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।
 
सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा उनले सहकारीका लाखौं निक्षेपकर्ताहरू ठगीका कारण प्रताडित भएकोमा उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन भनेका हुन्।

‘सहकारीको समस्या छिटो समाधान नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुहोस्,’ उनले निर्देशन दिएको सचिवालयले भनेको छ।

Hardik ivf

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि निर्णय गरेर जानुपर्ने बताए।

यस्तै, मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समस्या सम्बोधन गरी सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको उल्लेख गरे।  

 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्