Kathmandu Press

धितोपत्र बोर्ड विरुद्ध विप्लवका कार्यकर्ता सडकमा

धितोपत्र बोर्ड विरुद्ध विप्लवका कार्यकर्ता सडकमा

काठमाडौं, पुस २३ : धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।  बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाको उपत्यका ब्युरोले त्यसको सुधारका लागि दबाबस्वरूप प्रदर्शन गरेको बताएको छ। 

काठमाडौंमा धितोपत्रबोर्ड कार्यालय अगाडि विप्लवका कार्यकर्ताले विभिन्न नारा लेखेको प्लेकार्डसहित नाराबाजी गरेका थिए।  प्रदर्शनमा उनीहरूले ‘सार्वजनिक पदको नियुक्ति पारदर्शी गर’,‘पुँजीबजार शुद्धीकरण गर’,’धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति पारदर्शी गर’,‘वित्तीय एकाधिकार अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए। नेकपाका कार्यकर्ता अमित शर्माले २० बुँदामा धितोपत्र बोर्डले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पत्र पढेका थिए।

Hardik ivf

उक्त पत्रमा बोर्डले कुनै समूहलाई फाईदा पुग्नेगरी नीति अबलम्बन गरेको, एउटै व्यक्तिले नियमन निकायको प्रमुख बनेर काम गरेको तथा बजार नियमन गर्ने निजी कम्पनी सञ्चालन गर्ने गरेको उल्लेख छ। त्यस्तै धितोपत्र सार्वजनिक निष्कासन तथा विक्री अनुमति विधि र प्रकृया निर्धारण गर्ने कार्यमा ठूलो चलखेल गरेको, लगानीकर्ताको हित सुरक्षण गर्न नसकेकोलगायतका विविध २० बुँदामा असन्तुष्टि जनाएका छन्। 

Photo-(6)-(1)-1704708530.jpg

Photo-(5)-(2)-1704708529.jpg

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्