Kathmandu Press

मुलुकमा लगानी आकर्षित गर्न कानुन सुधार गर्नुपर्ने उद्योग परिसंघकाे सुझाव

परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकमा लगानी आकर्षित गर्दै समग्र आर्थिक विकासका लागि बिभिन्न कानून सुधार गर्न सरकारलाई सुझाव दिएको जनाएको हो।
मुलुकमा लगानी आकर्षित गर्न कानुन सुधार गर्नुपर्ने उद्योग परिसंघकाे सुझाव

काठमाडाैं, पुस २३ : नेपाल उद्योग परिसंघले मुलुकमा लगानी आकर्षित गर्न विभिन्न कानून सुधार गर्नुपर्ने सुझाव दिएको छ।

परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकमा लगानी आकर्षित गर्दै समग्र आर्थिक विकासका लागि बिभिन्न कानून सुधार गर्न सरकारलाई सुझाव दिएको जनाएको हो।

परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक भौगोलिक अवस्थासंग मेल खाने मुलुकहरुको अनुसन्धानत्मक अध्ययन गरि ५ वटा कानून खारेज गर्नुपर्ने, ३ वटा नयाँ कानून ल्याउनुपर्ने जनाएको छ।

त्यस्तै विद्यमान संशोधन गर्नुपर्ने १८ वटा ऐन तथा १० वटा नियमावली तथा १–१ कार्यविधि तथा आदेशहरुको दफा समेत उल्लेख गरि सुधारका लागि तयार गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए।

मुलुकको विद्यमान कानुनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो। उहाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन अघि नै कानूनहरुमा सुधार गर्ने अपेक्षा गरेको बताए।

उहाले परिसंघको सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, मुख्यसचिवलाई हस्तान्तरण गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्