Kathmandu Press

राष्ट्रिय युवा प्रतिभा र युवा पत्रकारिता पुरस्कारका लागि आवेदन माग

मन्त्रालयबाट आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने सो सम्मानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, समूह तथा संघसंस्थासँग आवेदन आह्वान गरिएको हो।
राष्ट्रिय युवा प्रतिभा र युवा पत्रकारिता पुरस्कारका लागि आवेदन माग

काठमाडौं, पुस २३ : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि आवेदन मागेको छ। त्यस्तै मन्त्रालयले युवा पत्रकार पुरस्कारका लागि पनि आवेदन मागेको छ। 

मन्त्रालयबाट आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने सो सम्मानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, समूह तथा संघसंस्थासँग आवेदन आह्वान गरिएको हो।

पत्रकारिताको माध्यमबाट युवा विकासका क्षेत्रमा योगदान पुर्याएका नेपाली पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिने मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ। युवा पत्रकारिता पुरस्कार कार्यविधि, (पहिलो शसोधन २०७५) अनुसूची १ बमोजिम फाराम भर्न पनि मन्त्रालयले भनेको छ। 

त्यस्तै राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातसहित एक महिनाभित्र पुरस्कारका लागि आवेदन दिन पनि सूचनामार्फत जनाइएको छ। पुरस्कारका विषयमा सम्पूर्ण जानकारी मन्त्रालयको वेभसाइटमा राखिएको छ।  
 
प्रकाशित मिति: १४:३० बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्