Kathmandu Press

भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो।
भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

विराटनगर, पुस २३ : ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो।

Hardik ivf

सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका–५ का महोमद सागर मियाँ छन्।

को २ त ६८९० नम्बरको ट्याक्टरमा राखेर गाँजा भारततिर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए।

८ वटा बोरा र ससाना पोकाहरुमा राखेर गाँजा ट्याक्टरमा लोड गरिएको पाइएको थियो। उक्त गाँजा पहाडी जिल्लाबाट सुनसरी ल्याएर भारत तस्करी गर्न लागिएको पाइएको प्रहरीको भनाइ छ।
 

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्