Kathmandu Press

घट्यो सुन–चाँदीको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
घट्यो सुन–चाँदीको मूल्य 

काठमाडौं, पुस २३ : साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन पनि प्रतितोला सात सय रुपैयाँले नै घटेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

यस्तैगरी, चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेर सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम छ। 
 

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, पुस २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्