Kathmandu Press

झापामा धानको कुन्युमा आगजनी, दुई बिगाहाको बाली नष्ट

मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए। आगजनीबाट दुई बिगाहाको धान र पराल खरानी भएको पीडित मियाले जानकारी दिएका छन्।
झापामा धानको कुन्युमा आगजनी, दुई बिगाहाको बाली नष्ट

झापा, पुस २२ : झापाको कचनकवलमा अज्ञात समूहले खेतमा राखेको धानको कुन्युमा आगलागी भएको छ।

कचनकवल गाउँपालिका ४ बयरवारीका अलवास मियाँको कुन्युमा अज्ञात समूहले आगजनी गर्दा करिब तीन लाखको क्षति भएको छ।

Hardik ivf

मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए। आगजनीबाट दुई बिगाहाको धान र पराल खरानी भएको पीडित मियाले जानकारी दिएका छन्।

धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ। धान र वर्षभरि गाई, गोरुलाई खान पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाँले बताए।

आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए । इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

यसभन्दा पहिले पनि सो स्थानमा बारम्बार धानको पराल र कुन्यूमा आगजनीका घटना भइरहे पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन।

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्