Kathmandu Press

गाँजा मिसाई केक बनाएर अनलाइनमार्फत बिक्री गर्ने एक जना पक्राउ

प्रहरीले लागु औषध नियन्त्रण व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाई अवैध लागू औषध प्रयोग गरि मफिन लगाएत केक बनाई अनलाईनमार्फत बिक्रि गरेको अभियोगमा काठमाडौं घट्टेकुलो बस्ने बर्ष २६ को विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो।
गाँजा मिसाई केक बनाएर अनलाइनमार्फत बिक्री गर्ने एक जना पक्राउ

काठमाडाैं, पुस २२ : प्रहरीले लागूऔषध गाँजा मिसाई केक तयारी गरि अनलाईनमार्फत बिक्रि गर्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले लागु औषध नियन्त्रण व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाई अवैध लागू औषध प्रयोग गरि मफिन लगाएत केक बनाई अनलाईनमार्फत बिक्रि गरेको अभियोगमा काठमाडौं घट्टेकुलो बस्ने बर्ष २६ को विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो।

Hardik ivf

विशनले विगत १ बर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाईन डेलिभिरी मार्फत अवैध कारोवार सञ्चालन गरेको खुलेको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। उक्त केक प्रयोगकर्ता बिशेषगरि होष्टलमा बसेका युवाहरु रहेको देखिएको उनले बताए।

विशनको घरकोठामा खानतलासी गर्दा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड, अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोला लगाएत बरामद गरिएको व्युरोले जनाएको छ । 

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्