Kathmandu Press

पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन पुस २४ र २५ गते चितवनमा

आजको आबश्यकता व्यवसाय प्रवर्धनमा व्यवसायीक इमान्दारीता भन्ने नाराका साथ पुस २४ र २५ गते महाधिवेशन एवं साधारणसभा हुन लागेको संघले आइतबार चितवनमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन पुस २४ र २५ गते चितवनमा

काठमाडौं, पुस २२ : नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ राष्ट्रिय महाधिवेशन तथा ३३ वार्षिक साधारण सभा चितवनको नारायणगढमा हुने भएको छ।

आजको आबश्यकता व्यवसाय प्रवर्धनमा व्यवसायीक इमान्दारीता भन्ने नाराका साथ पुस २४ र २५ गते महाधिवेशन एवं साधारणसभा हुन लागेको संघले आइतबार चितवनमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।

Hardik ivf

पशुपन्छी उपचारका लागि आवश्यक औषधिहरुको चरम अभाव रहेको अवस्थामा सहज रुपमा औषधी आयात गर्नका लागि महाधिवेशनले जोड दिने संघका महासचिब नारायण बहादुर भुजेलले जानकारी दिए।

त्यस्तै औषधिहरुको दर्ता तथा सहज गराउनका लागि महाधिवशन मार्फत पहल गरिने उनले बताए। महाधिवेशनमा सात प्रदेश र २२ शाखाबाट प्रतिनिधि, परिवेक्षक लगाएत एक हजार जनाको सहभागीता रहने महासचिव भुजेलले जानकारी दिए।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुर्णचन्द्र सापकोटाले नेपालमा २० वटा कम्पनीहरुले भेटेनरी औषधि भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको जानकारी दिनुभयो। करीब १ सय ४० को हाराहारीमा पैठारीकर्ताहरुले औषधि भ्याक्सिन लगाएतका सामग्रीहरु पैठारी गर्दै आएको उहाले बताए।

संघको महाधिवेशनले अध्यक्ष सहित ३ उपाध्यक्ष १ महासचिवलगायत २१ सदस्यीय कार्यसमितिको चयन समेत गर्ने बताइएको छ। 

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्