Kathmandu Press

काठमाडौंमा दश दिने फिल्म मेकिङ वर्कसप 

फिल्म मेकिङ र फोटोग्राफीको वर्कसपका लागि थाइल्याण्डका एसएई इस्न्टिच्युट फिल्म डिपार्टमेन्ट प्रमुख प्रोफेसर डोर्न रतननाथत्सनीले दश दिनसम्म काठमाडौंमा फिल्म मेकिङ प्रकृया, प्राविधिक सीप, स्कृप्ट लेखन, सम्पादनलगायतको विषयमा १७ जनालाई प्रशिक्षण दिएका हुन्। 
काठमाडौंमा दश दिने फिल्म मेकिङ वर्कसप 

काठमाडौं, पुस २२ : चलचित्र निर्माण तथा लेखनमा रुचि भएकाहरुको लागि उनीहरुको प्रतिभामा निखार ल्याउन सञ्चालन गरिएको दश दिने फिल्म मेकिङ वर्कसप आइतबार समापन भएको छ। 

फिल्म मेकिङ र फोटोग्राफीको वर्कसपका लागि थाइल्याण्डका एसएई इस्न्टिच्युट फिल्म डिपार्टमेन्ट प्रमुख प्रोफेसर डोर्न रतननाथत्सनीले दश दिनसम्म काठमाडौंमा फिल्म मेकिङ प्रकृया, प्राविधिक सीप, स्कृप्ट लेखन, सम्पादनलगायतको विषयमा १७ जनालाई प्रशिक्षण दिएका हुन्। 

Hardik ivf

फिल्म मेकिङ र फोटोग्राफी गर्न चाहनेका लागि छुट्टाछट्टै प्रशिक्षण गराइएको छ। आइतबार फिल्म मेकिङतर्फको वर्कसप समापन भएको हो। 
दश दिनसम्म वर्कसप लिन पाउँदा खुसी लागेको र धेरै कुरा सिक्न पाएको प्रशिक्षार्थीले प्रतिक्रिया दिएका छन्। 

विगत ३४ वर्षदेखि फोटोग्राफी गर्दै आएका फोटो पत्रकार मीनरत्न बज्राचार्यले भने,‘यो दश दिने फिल्म तालिममा म सँगै हाम्रा युवा फिल्मकर्मीहरुले धेरै ज्ञानगुनका कुरा सिक्न पाएको अनुभव गरेको छु।’

ओवासो फिल्म्सको संस्थापक तथा दश दिने फिल्म्स तथा फोटोग्राफी वर्कसपका आयोजक ओवासो शाक्यले उक्त कार्यक्रम गर्न काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ वडा कार्यालयले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत आफूहरुलाई सहयोग गरेको जानकारी दिए। 

१० दिने फिल्म मेकिङ वर्कसपको लागि काठमाडौं आएका प्रोफेसर रतननाथत्सनीले पहिलो पटक नेपाल आएर फिल्म मेकिङ वर्कसपमा सहभागी भएर आफ्नो अनुभव साझा गर्न पाउँदा खुसी लागेको बताए। 

प्रोफेसर रतननाथत्सनीले भने, ‘यो कार्यशाला मुख्यतया फिल्म मेकिङमा रुचि राख्ने व्यक्तिलाई कसरी क्यामेरा सञ्चालन गर्ने, के शूट गर्ने, कसरी शूट गर्ने जस्ता आधारभूत सीपहरू प्राप्त गर्नका लागि हो। यसमा मैले प्रशिक्षार्थीलाई पहिला खिच्च सिकाए,त्यसपछि त्यसलाई सम्पादन गर्ने कला सिकाए।’
 

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, पुस २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्