रेग्मीले ल्याए ‘नेपाली संगीत दरबार’
शनिबार राजधानीमा आयोजित विशेष सांगीतिक समारोहमा उक्त कृति सार्वजनिक गरिएको छ।(20)-1704546561.jpg)
काठमाडौं, पुस २१ : प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको ‘नेपाली संगीत दरबार’ पुस्तक प्रकाशित भएको छ। शनिबार राजधानीमा आयोजित विशेष सांगीतिक समारोहमा उक्त कृति सार्वजनिक गरिएको छ।
कार्यक्रममा संगीतकार दीपक जंगमले बाहिरको सांगीतिक क्षेत्रमा नेपाली संगीतलाई कसरी फैलाउन सकिन्छ भन्ने विषयतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए। समाजमा संगीतलाई स्थापित गरेर यसको गरिमालाई कायम गर्ने विषय गम्भीर रहेको भनाइ उनको छ।
यस्तै, प्रा.डा.अभि सुवेदी संगीत देशको इतिहास भएको भन्दै यसलाई संरक्षण गर्नुपर्ने बताए। उनले भने, ‘अहिलेको समयमा शास्त्रीय संगीतप्रतिको चासो किन घट्दै गएको छ, यसलाई संरक्षण गरेर राख्दा हुन्छ । राजनीतिक परिवर्तन भइरहन्छ तर यो भनेको देशको इतिहास हो, यसलाई संरक्षण गर्नुपर्छ भनेर पनि यो पुस्तकमा प्रस्ताव गरिएको छ।’
उनले पुस्तकको विशेषताको व्याख्या गर्दै यसमा शास्त्रीय संगीतका साथसाथै लोक संगीत र वाद्यवादनको पनि विषयलाई समावेश गरिएको बताए।
कार्यक्रममा सांगीतिक प्रस्तुति पनि दिएका पुस्तकका लेखक प्राडा.ध्रुवेशचन्द्र रेग्मीले नेपाली संगीतको आरोह अवरोह केलाउने प्रयास गरिएको बताए।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)