Kathmandu Press

किरात समुदायले टुँडिखेलमा मनाए साकेला उधौली

किरात राई यायोक्खा काठमाडौंको आयोजनामा सकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो।
किरात समुदायले टुँडिखेलमा मनाए साकेला उधौली

काठमाडाैं, पुस २१ : किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन्।

किरात राई यायोक्खा काठमाडौंको आयोजनामा सकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। पुस १० गते मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाइएपछि शनिबार भने साकेला उधौली उत्सवको आयोजना गरिएको हो।

Hardik ivf

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती समूदायहरुले साकेला शिली नाच्दै शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले नेपाल बहुसांस्कृतिक, बहुभाषिक फूलवारी रहेकाले यसलाई बचाइराख्नुपर्ने बताए। उनले मुलुकको आर्थिक बिकासको मेरुदण्ड पर्यटन भएकाले नेपालीपनको पर्यटन हुनुपर्ने धारणा राख्नुभयो। मन्त्री किराँतीले रैथाने स्वाद र स्वामित्वसहितको पर्यटनको बिकास हुनुपर्ने बताए।

साकेला पर्वमा परम्परागत वेशभूषामा सजिएर इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ। किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ। किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्। 

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्