Kathmandu Press

कर्मचारी अभावले लमजुङ जिल्ला अदालतको सेवा प्रवाहमा समस्या

दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको छ।
कर्मचारी अभावले लमजुङ जिल्ला अदालतको सेवा प्रवाहमा समस्या

लमजुङ, पुस २० : बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ।

दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो।

Hardik ivf

जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार विभिन्न पदका १० कर्मचारी एक वर्षदेखि छैनन्। डिठ्ठा र तामेलदार पदमा छ–छ जनाको दरबन्दी भए पनि हाल तीन–तीन जनामात्र छन् । पाँच जनाको दरबन्दी रहेको नायबसुब्बामा हाल तीनमात्र छन् भने अन्य एक कर्मचारी छैनन्।

केही महिनाअघिसम्म पाँच नायबसुब्बा रहेपनि दुई जनालाई र अर्का एक कम्प्युटर अपरेटरलाई पनि सर्वोच्च अदालतमा तानेपछि ती पद रिक्त रहेका छन्। अर्का एक लेखापाल पोखरा सरुवा भएकाले सो पद पनि खाली छ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको उनको भनाइ छ।

कामको भार बढेकाले आजको काम भोलि र भोलिको काम पर्सि गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएकाले सर्वोच्च अदालत र लोकसेवा आयोगको कार्यालयमा अवश्यक कर्मचारी उपलब्ध गराउन पत्र पठाए पनि कुनै सम्बोधन नभएको श्रेस्तेदार पौडेलले बताए। रासस

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्