Kathmandu Press

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना

मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना

काठमाडौं, पुस २० : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालकाे नयाँ कार्यशैली, नयाँ संरचनासहित मितव्ययीरुपमा काम गर्ने घोषणा गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःगठन गरिएको हो। 

मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ। 

त्यसैगरी प्रधानमन्त्री कार्यालयका कतिपय शाखा महाशाखालाई गाभिएको छ भने सूचना प्रविधिसम्बन्धी एक अलग्गै महाशाखा स्थापना गरिएको छ। मुलुकमा विकसित सूचना प्रविधिमा थप सहयोग पुर्‍याउन सूचना प्रविधिको अलग्गै महाशाखा गठन गरिएको हो। 

प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र कामकाजी बनाउने प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उनको सचिवालयको पुनःसंरचना गरेर दरबन्दी कटौती गरिएको छ।

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्