मेलम्चीकाे पानी वितरण माग गर्दै ललितपुरमा खाली गाग्रीसहित प्रदर्शन

काठमाडौं, पुस २० : मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन्।
मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन्।
उनीहरुले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरि निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन्। प्रदर्शनमा सहभागीहरुले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगाएतका नारा लगाउदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए।
मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाइ गर्नुपर्ने उनीहरुको भनाइ छ ।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












