Kathmandu Press

कांग्रेसबाट सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि ८४ जना सिफारिस

जिल्लाबाट सिफारिस भएर आएका नाम सदर गर्दै केन्द्रमा पठाइएको हो। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि आगामी फागुनमा सकिँदै छ।
कांग्रेसबाट सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि ८४ जना सिफारिस
Hardik ivf

काठमाडौं, पुस २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका लागि ८४ जना सिफारिस भएका छन्।

सुदूरपश्चिमबाट राष्ट्रिय सभाका तीन सिटका लागि सुदूरपश्चिम कांग्रेसले विभिन्न व्यक्तिको नाम पार्टीको केन्द्रमा सिफारिस गरेको छ। जिल्लाबाट सिफारिस भएर आएका नाम सदर गर्दै केन्द्रमा पठाइएको हो। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि आगामी फागुनमा सकिँदै छ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आउँदो माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तय गरेको छ । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्