Kathmandu Press

जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ।
जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

रुपन्देही, पुस  २० : राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै छन्।

राष्ट्रपतिको प्रमुख आतिथ्यतामा  आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम छ।

Hardik ivf

बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात्  नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ।

किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताए।

‘जितगढी किल्ला उपमहानगरपालिका मातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं,’ उनले भने, ‘यहीं नजिकै युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ।’

किल्ला क्षेत्रमा  सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए।

छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जीतगढी पनि एक हो । बुटवल–१ स्थित गढी तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ।

जितगढीमा तत्कालीन अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ।

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्