Kathmandu Press

अमेरिकामा १७ वर्षीय बालकले गोली चलाउँदा एक जनाको मृत्यु, ५ घाइते

प्रहरीका अनुसार आक्रमणका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन्।
अमेरिकामा १७ वर्षीय बालकले गोली चलाउँदा एक जनाको मृत्यु, ५ घाइते

वासिङ्टन डिसी, पुस २० : अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आक्रमणका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीहरुले आशंका गरेका छन्।

पब्लिक सेफ्टी डिभिजन अफिसर मिच मोर्टवेटले बिहीबार भएको गोलीकाण्डमा पेरी स्कूलका प्रिन्सिपललाई पनि गोली लागेको बताएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था स्थिर रहेको छ।

प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्