Kathmandu Press

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त माग

शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान भएको हो । 
त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त माग

काठमाडौँ, पुस २० : त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ ।

शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान भएको हो । 

Hardik ivf

उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा ९२० बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०” बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने प्रयोजनमा समिति गठन भएको थियो । 

उक्त समितिले योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय दरखास्त पेस गर्न आह्वान गरिएको छ ।

asdfgb-1704421227.png

प्रकाशित मिति: ०८:०६ बजे, शुक्रबार, पुस २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्