Kathmandu Press

८.७१ अंकले घटेको नेप्सेको कारोबार ५ अर्ब ५८ करोड 

३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को सेयर मूल्य स्थिर रह्यो।
८.७१ अंकले घटेको नेप्सेको कारोबार ५ अर्ब ५८ करोड 

काठमाडौं, पुस १९ : साताको अन्तिम कारोबार दिन आज विहीबार सेयर बजारको परिसूचक नेप्सेमा ८.७१ अंकले घटेर परिसूचक २०४९ विन्दुमा रोकिएको छ। 

नेप्से घट्दा कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोड १ लाखको भएको छ। 

३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घट्यो भने ५ को सेयर मूल्य स्थिर रह्यो।
समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.११ प्रतिशत बढ्यो। टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ।

बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। कालिका पावर, सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।

नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य करिव १० प्रतिशतले नै बढ्यो।तर,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै (६.५६) प्रतिशत गुमाए। 
 

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्