जानकी मन्दिरबाट कोसेली लिएर टोली अयोध्यातर्फ
बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन्।-(2)-1704353712.jpeg)
जनकपुर, पुस १९ : धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार (कोसेली)सहितको टोली प्रस्थान गरेको छ। अयोध्यामा नवनिर्मित प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो।
बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन्। भार निस्किनु अघि जानकी मन्दिर प्राङ्गणमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो। मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ।
-(1)-1704352881.jpg?timestamp=1704353728255)
सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए।
भारसहितको टोली जलेश्वर हुँदै सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढिमाई र विरगञ्जमा पुगेर रात्री विश्राम गर्ने र भोलि (शुक्रबार) पुनः विरगञ्जबाट रक्सौल नाका हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जनाइएको छ।
-(1)-1704352881.jpg?timestamp=1704353737549)
अयोध्यामा रात्री विश्राम गरी शनिबार विहान सम्पूर्ण भार राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गरी मन्दिर दर्शन गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले जनाएका छन्।











-(32)-1764944804.jpeg)
