Kathmandu Press

४५ किलो गाँजासहित युवक पक्राउ

विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो।
४५ किलो गाँजासहित युवक पक्राउ

विराटनगर, पुस १९ : प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूपदार्थ गाँजासहित एकजना युवकलाई विराटनगरमा पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो।प्लाष्टिकमा पोका पारेर खेतमा परालले छोपेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो।

Hardik ivf

गाँजा लुकाएर राखेको आरोपमा विराटनगर–१८ का १९ वर्षीय नन्दु यादवलाई  पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। भारत लैजाने उद्देश्यले गाँजा उक्त स्थानमा राखिएको पाइएको उनले बताए।

गाँजासहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ। गाँजा ओसारपसारमा अरु पनि संलग्न भएको अनुमान गरिएको छ। प्रहरीले पक्राउ परेका युवकसँग बयान लिएर त्यसअनुसार खोजी अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्