संयुक्त काव्यकृति ‘आमा’ सार्वजनिक
-(4)-1704281882.jpg)
काठमाडौं, पुस १८ : समकालीन नेपाली काव्य जगतका तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठको संयुक्त काव्यकृति ‘आमा ’लोकार्पण गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच संयुक्त काव्यकृति ‘आमा’को लोकार्पण गरिएको हो।
समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले काव्यकृतिमा सबै प्रकृतिबाट आएको बिम्बहरु समेटिएको बताए। उनले कृतिमा समावेश कविताहरु सरल भएतापनि दोहोर्याएर बुझ्नुपरेको बताए।
‘उहाँहरुको कवितामा जुन बिम्बहरु छन्, सबै प्राकृतिक छन्। म पनि धेरै जटिल त बुझ्दिन होला तरपनि कविता चाहीं सरल लाग्यो। यही सरलतामा पनि धेरै कुराहरु दोहोर्याएर बुझ्नुपरेको छ,’ उनले भने।
उनले नेपालको शिक्षामा ११ र १२ कक्षादेखि नै विजनेस र विज्ञान मात्र विद्यार्थीको रोजाइमा परिरहेको भन्दै मानविकी पढ्न जरुरी रहेको बताए।
उनले भने,‘हाम्रो शिक्षामा वा विद्यार्थीलाई सोध्यो भने ११ र १२ मा के पढ्दैछौं भन्दा म्यानेजमेन्ट पढ्दैछु भन्छ। कसैले साइन्स भन्छ। तर मलाइ कता कता लाग्छ ११ र १२ देखि नै मानविकी पनि प्रशस्त पढ्नुपर्ने हो।’












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)