Kathmandu Press

गाईघाटमा अज्ञात रोगका कारण एकै घरका १८ माउ बाख्रा मरे

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन्।
गाईघाटमा अज्ञात रोगका कारण एकै घरका १८ माउ बाख्रा मरे

काठमाडाैं, पुस १८ : अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकैघरका १८ माउबाख्रा एकैपटक मरेका छन्।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन्।

Hardik ivf

अज्ञात रोगका कारण कृषक खड्काको गोठनै रित्तिनेगारी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए। मंगलबार विहान एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए।

मंगलबार आफैले पशुप्राविधिकलाई कृषकको घरमा पठाईदिएपनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाइ छ। सोमबार राती आफुले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए।

उपचार गर्दा गर्दै मंगलवार साँझ सम्ममा १८ वटा बाख्रा एकैपटक मरेपछि कृषक खड्कालाई ठूलो आर्थिक नोक्सानी भएको छ। सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाइ छ। 


 

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्