सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौं, पुस १८ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य १ लाख २० हजार ४ सय रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ५० रुपैयाँ कायम छ। हिजो चाँदीको कारोबार मूल्य तोलामा १ हजार ४ सय ६० रुपैयाँमा भएको थियो।
प्रकाशित मिति: १२:५७ बजे, बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)