Kathmandu Press

चितवनमा बढ्यो अतिसकंटापन्न घडियाल गोहीको सख्या

अनुगमनको क्रममा नारायणी नदीमा ११३ र राप्ती नदीमा १५२ सहित २६५ वटा घडियाल गोही फेला परेको जनाएको छ।
चितवनमा बढ्यो अतिसकंटापन्न घडियाल गोहीको सख्या

चितवन, पुस १७ : अतिसकंटापन्न अवस्थामा रहेको घडियाल गोहीको सख्या चितवनमा बृद्धि भएको छ। मसिर १ बाट शुरु गरेको घडियाल गोही अनुगमनले नारायणी नदी र राप्ती नदीमा घडीयाल गोही वृद्धि भएको देखाएको हो।

नदीमा मानवीय चाप र प्रदुषणका कारण घडियाल गोही संकटमा पर्दै गएको छ। १५ दिन लगाएर गरेको अनुगमनले नारायणी नदीमा भन्दा राप्ती नदीमा घडियाल गोहीको सख्या बढी भएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेसप्रसाद तिवारीले बताए।

Hardik ivf

चितवन राष्ट्रिय निकुञ्ज घडीयाल प्रजनन् केन्द्रकी सरक्षण अधिकृत सुजिता श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषसहित १० जनाको समुहले अनुगमन गरेको बताइन्।

अनुगमनको क्रममा नारायणी नदीमा ११३ र राप्ती नदीमा १५२ सहित २६५ वटा घडियाल गोही फेला परेको जनाएको छ।

अनुगमनको क्रममा नारायणी नदीमा ३ भाले र राप्ती नदीमा ३ भाले घडियाल गोही फेला परेको छ । नारायणी र राप्ती नदीमा घडियालको भाले गोही नदेखिएपछि बर्दीया राष्ट्रिय निकुञ्ज बाट १ भाले गोही ल्याएर नारायणी नदीमा छाडिएको थियो।

नारायणी र राप्ती नदीमा भाले गोहीको सख्या राम्रो देखिए पछि सरक्षणकर्मीहरु उत्साहित भएका छन्। अनुगमनको क्रममा नारायणी नदीमा ३ वटा डल्फीन पनि देखिएको निकुञ्जले जनाएको छ।

घडियाल गोही सख्या प्राकृतिक बासस्थानमा घट्दै गएपछि चितवन राष्ट्रिय निकुञ्ज कसरामा घडीयाल प्रजनन् केन्द्रले हालसम्म नारायणी राप्तीलगायतका विभिन्न नदीहरुमा १ हजार ८ सय ६२ वटा घडियाल गोही छाडी सकेको छ।

 अनुगमन अघि नारायणी र राप्ती नदीमा २३९ वटा घडियाल गोही थिए। 

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्