Kathmandu Press

चिसोबाट बच्न मुगुका विद्यार्थीहरुलाई ज्याकेट वितरण

खत्याड गाउँपालिकामा रहेका चार माध्यामिक विद्यालय र पाँचवटा आधारभूत प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोबरस एक्सन नेपाल नामक सस्थाले न्यानो ज्याकेट सहयोग गरेको हो।
चिसोबाट बच्न मुगुका विद्यार्थीहरुलाई ज्याकेट वितरण

मुगु, पुस १७ : हिमाली जिल्ला मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेका नौवटा बिद्यालयमा अध्ययनरत १ हजार ६ सय विद्यार्थीलाई चिसोबाट बच्न ज्याकेट प्रदान गरिएको छ।

हिमाली जिल्लामा पुस महिनामा जाडो बढेसँगै विद्यालयमा विद्यार्थी कम आउने भएकाले खत्याड गाउँपालिकामा रहेका चार माध्यामिक विद्यालय र पाँचवटा आधारभूत प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोबरस एक्सन नेपाल नामक सस्थाले न्यानो ज्याकेट सहयोग गरेको हो।

Photo-(3)(19)-1704184287.jpg

Hardik ivf

१ हजार ६ सय जना विद्यार्थीलाई एक–एकवटा ज्याकेट दिइएको सोबरस एक्सन नेपालका संयोजक रोजी राणाले जानकारी दिइन्।

माध्यामिक तहमा अध्ययनरत छात्राहरुले विद्यालयमा अध्ययनरत समयमा महिनावारी भएको समयमा उपस्थिति कम हुने भएकाले हामी नेपाल नामक संस्थाले ६ सय छात्रालाई ६ थानका दरले स्यानेटरी प्याड पनि वितरण गरेको छ।

महिनावारीका बेला छात्राको उपस्थितिमा कमि नहोस् र पढाइमा असर नपरोस् भनेर सहयोग गरिएको संस्थाका संयोजक सुनील बानियाँले बताए।

Photo-(4)(18)-1704184287.jpg

Photo-(1)(27)-1704184287.jpg

विद्यार्थीलाई सहयोगका लागि बिद्यालयका शिक्षक टंकप्रसाद सन्जालले संस्थाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए।

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्