Kathmandu Press

डोजर पल्टिँदा चालकको मृत्यु

गएराति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।
डोजर पल्टिँदा चालकको मृत्यु
Hardik ivf

काठमाडौं, पुस १७ : जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गएराति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।
 
सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताउँदै  “जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,” उनले भने ।  

मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति: ०७:४३ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्