Kathmandu Press

देशलाई भयावहबाट जोगाउन कठोर कदम चाल्ने रामराज्य परिषद्को घोषणा

देशलाई भयावहबाट जोगाउन कठोर कदम चाल्ने रामराज्य परिषद्को घोषणा

काठमाडौं, पुस १६ : आध्यात्मिक संगठन रामराज्य परिषद्ले मुलुकलाई भयावह परिस्थितिबाट जोगाउन कठोर कदम चाल्ने घोषणा गरेको छ। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदैं परिषद्ले मुलुकलाई भयावह स्थिति र विकराल परिस्थितिबाट जोगाउन, असहाय नेपाली जनताको शोषण गर्ने नास्तिक राज्य व्यवस्थालाई विस्थापित गर्न धर्मयुद्ध वा असहयोग आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै कठोर कदम चाल्ने घोषणा गरेको हो। 

Hardik ivf

परिषदले विज्ञप्तीमा भनेको छ, ‘नेपालकै एकमात्र शक्तिशाली आध्यात्मिक संगठन रामराज्य परिषद्ले मुलुकलाई भयावह स्थिति र विकराल परिस्थितिबाट जोगाउन पनि कठोर कदम चाल्ने दृढ निश्चय गर्दछ। जबसम्म राष्ट्रघात, जनघात, धर्मघातमा तल्लिन, असहाय नेपाली जनताको शोषण गर्न खप्पिस, नास्तिक राज्य व्यवस्थालाई विस्थापित गरिँदैन, तबसम्म धर्मयुद्ध वा संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन वा असहयोग आन्दोलन गर्नुको विकल्प छैन।’

साथै संगठनले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक प्रत्येक क्षेत्रमा आमूल परिवर्तन गर्न संगठन दृढ संकल्पित रहेको भन्दै बहुदलीयताको सट्टा दुई दलीय राज्य व्यवस्था र संसदीय प्रणालीको सट्टा रामराज्य व्यवस्था संचालन गरिने दाबी गरेको छ। 

रामराज्य शासन व्यवस्थालाई धर्ममा आधारित होईन, साम्यवादी समतावादी व्यवस्था भन्नु पर्ने र यो संसार आध्यात्मिक÷वैदिक साम्यवाद वा आध्यात्मिक राज्य प्रणालीको रूप हुनुपर्ने परिषदको भनाई छ। 
 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्