Kathmandu Press

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा

काठमाडौं, पुस १६ : डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन्। 

नयाँ वर्ष सन् २०२४को पूर्वसन्ध्यामा आइतबार भाषणको क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन्। 

८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन्। उनले अप्रत्याशित निर्णयको कारणको रूपमा आफ्नो उमेर र स्वास्थ्य समस्याहरूलाई औंल्याएकी छिन्। ‘अब दुई हप्ताको अवधिसम्म मात्र  म डेनमार्कको रानी हुनेछु,’ मार्गरेटले भनिन्। 

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन्। सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन्। उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु, अहिले नै सही समय हो।’ 

उनले वर्षौंदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत व्यक्त गरेकी छिन्। 
 

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्