Kathmandu Press

पिएम कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा, उपाधिका लागि एपिएफसँग खेल्ने

सोमबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै कोशी फाइलनमा पुगेको हो।
पिएम कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा, उपाधिका लागि एपिएफसँग खेल्ने

काठमाडौं, पुस १६ : कोशी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टि–२० कपको फाइलनमा प्रवेश गरेको छ। सोमबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै कोशी फाइलनमा पुगेको हो।

अब उसले उपाधिका लागि विभागीय टिम एपिएफसँग खेल्नेछ। एपिएफ पहिलो क्वालिफायरमा कोशीलाई नै हराउँदै फाइलन पुगेको हो। फाइलन बुधबार कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।

Hardik ivf

टियू मैदानमा सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य कोशीले १ विकेटको क्षतिमा १३ ओभरमा भेट्टायो। कोशीका लागि काजल श्रेष्ठले ३८ र कप्तान रुविना क्षेत्रीले ३७ बनाए। सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउँदले लिइन्।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८८ रनमात्र बनाउन सक्यो । उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाउँदा विन्दु रावलले १७ र कविता जोशीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा रोक्ने क्रममा कोशीका संगीता राईले २ विकेछ लिइन् भने शवनम राई, निशा शाह र अलिषा खडियाले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्