Kathmandu Press

सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु

अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन्।
सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु
Hardik ivf

विराटनगर, पुस १६ : संखुवासभामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ। सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन्।

प्रहरीका अनुसार इलाम घर भएका उनी आइतबार राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका थिए। ड्युटी सकेर उनी सुत्न गएका थिए। पोशाकमै सुतेको अवस्थामा उनी फेला परेका थिए।
 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, पुस १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्