यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, पुस १६ : आज छ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
आज छिमेक लघुवित्त, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
यी ६ वटै कम्पनीले भोलि मंगलबार बुक क्लोज गर्दैछन्। भोलिसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्। छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ। उक्ता लाभांश प्रस्ताव पारित गर्न यस संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ।
त्यस्तैगरी, लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५ प्रतिशत लाभांश वितरण गर्दैछ। उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ
विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्ष नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा डाकेको छ।
सुपर मादी हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश (कर बाहेक) घोषणा गरेको छ। यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ।
यता, रुरु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ।