Kathmandu Press

राैतहटमा प्रसूति गृह भवन निर्माणमा कमसल सामग्री

राैतहटमा प्रसूति गृह भवन निर्माणमा कमसल सामग्री

रौतहट, पुस १५ : प्रादेशिक अस्पताल गौरमा निर्माणाधीन प्रसुति गृहको भवनमा मापदण्ड विना कमसल निर्माण सामग्री प्रयोग गरेको अस्पताल व्यवस्थापनले बताएको छ। 

निर्माणाधीन भवनमा प्रयोग भएका ईटा, बालुवा लगायतका सामग्रीहरु गुणस्तरहिन पाएपछि आफूले ठेकेदारलाई पटक पटक चेतावनी दिँदा समेत सुधार नगरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले बताए।  

Hardik ivf

शहरी विकास मन्त्रालयको ७ करोड़ ६७ लाख ४ हजार १ सय ४७ रुपैयाँ ४८ पैसामा दिवा आरपि जेवि गौरले निर्माणको जिम्मा लिएको हो। उक्त भवन नेपाल सरकारको बजेटमा सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंजको निगरानीमा निर्माण काम भै रहेको जनाईएको छ। 

भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले भवन निर्माणमा प्रयोग गरेको कमसल निर्माण सामग्रीको सम्बन्धमा स्थलगत निरिक्षण गरी ल्याव परिक्षण गरी आउने प्रतिवेदनको आधारमा कानुनी कारवाही गर्नुपर्ने जरुरी रहेको देखिन्छ।

यता, सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंज,पर्साका इंजिनियर मुकेश महतो कोइरीले थोरै मात्रामा २ नम्बरको ईटा प्रयोग भएको स्वीकार गरेका छन्।  
 

प्रकाशित मिति: १२:२७ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्