Kathmandu Press

जगदीश घिमिरे स्मृति पुरस्कार माधव काफ्लेलाई

जगदीश घिमिरे स्मृति प्रतिष्ठानले वितरण गर्दै आएको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तुलसी दिवसले प्रदान गरे। पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ।
जगदीश घिमिरे स्मृति पुरस्कार माधव काफ्लेलाई

रामेछाप, पुस १५ : यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरिएको छ। रामेछापको मन्थलीमा भएको जगदीश घिमिरे स्मृति १० औँ साहित्यिक सभामा काफ्लेलाई सो पुरस्कार प्रदान गरिएको हो।

जगदीश घिमिरे स्मृति प्रतिष्ठानले वितरण गर्दै आएको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तुलसी दिवसले प्रदान गरे। पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ।

जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष रामेछापमा साहित्य सभा गरी साहित्य र पत्रकारिताको क्षेत्रमा राष्ट्रिय रूपमा योगदान पु¥याएका एक जना व्यक्तिलाई सो पुरस्कार प्रदान गर्दै आएको छ। सो पुरस्कारबाट यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा.सन्दुक रुइत र ध्रुव सापकोटा सम्मानित भइसकेका छन्।

२००२ सालमा रामेछापको मन्थलीमा जन्मिएका घिमिरेको २०७० साल कात्तिक १४ गते निधन भएको थियो।

प्रकाशित मिति: १०:३० बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्