Kathmandu Press

३४ बर्षदेखि सांसदको अवसर नपाएका १२ केन्द्रीय सदस्यले गराए देउवाको ध्यानाकर्षण 

कांग्रेसको पुस १२ देखि १४ सम्म राष्ट्रियसभा सदस्यको उम्मेदवार लगायतका बिषयमा छलफल गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ३४ बर्षसम्म निरन्तर पार्टीमा समर्पित हुँदा पनि संसदीय नेतृत्वमा अवसर नपाएको भन्दै आफूहरुमध्येबाट राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्ने भन्दै सभापति देउवासमक्ष ध्यानाकर्षण सहित अनुरोध गरेका हुन् । 
३४ बर्षदेखि सांसदको अवसर नपाएका १२ केन्द्रीय सदस्यले गराए देउवाको ध्यानाकर्षण 

काठमाडौं, पुस १५ : नेपाली कांग्रेसका १२ केन्द्रीय सदस्यहरुले आफूहरुले ३४ बर्षसम्म संसदीय राजनीतिमा अवसर नपाएको भन्दै सभापति शेरबहादुर देउवासमक्ष ध्यानाकर्षण गराएका छन् । 

कांग्रेसको पुस १२ देखि १४ सम्म राष्ट्रियसभा सदस्यको उम्मेदवार लगायतका बिषयमा छलफल गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ३४ बर्षसम्म निरन्तर पार्टीमा समर्पित हुँदा पनि संसदीय नेतृत्वमा अवसर नपाएको भन्दै आफूहरुमध्येबाट राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्ने भन्दै सभापति देउवासमक्ष ध्यानाकर्षण सहित अनुरोध गरेका हुन् । 

Hardik ivf

यसरी ध्यानाकर्षण गराउनेहरुमा गोविन्द भट्टराई, कल्याण कुमार गुरुङ, किरणराज शर्मा पौडेल, उमेशजंग रायमाझी, जीतजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, गुरु वराल, नानु बास्तोला, दिनेश कोइराला, उर्मिला थपलिया र लक्ष्मी खतिवडा रहेका छन् । 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेर पूर्व केन्द्रीय कार्यसमितिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेतापनि हालसम्म पनि उनीहरुले संसदीय नेतृत्वमा अवसर पाएका छैनन् ।

यद्यपी भट्टराई, रायमाझी र नानु बास्तोलाले संसदीय निर्वाचनको टिकट पाएतापनि पराजीत भएका थिए । 
 
प्रकाशित मिति: ०६:४८ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्