सभापति देउवाले दिए तमु ल्होसारको शुभकामना
देउवाले आज एक शुभकामना सन्देश मार्फत तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।
काठमाडौं, पुस १५ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
देउवाले आज एक शुभकामना सन्देश मार्फत तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।
उनले यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आएकोले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएको समेत जनाएका छन् ।
तमु ल्होसारले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सबैलाई शुभकामना दिएका हुन् ।
प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार